सुनसरी । सुनसरीको देवानगन्जमा आइतबारदेखि सुरु भएको हिंसात्मक घटना तीन दिन बितिसक्दा पनि साम्य हुन सकेको छैन। झडप र तनावपछि लगाइएको कर्फ्यु निरन्तर जारी छ। यस्तो संवेदनशील अवस्थामा पनि प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ घटनास्थल नपुगेको भन्दै स्थानीय र सर्वदलीय बैठकमा दलका नेताहरूले सरकारको आलोचना गरेका छन्। गृह मन्त्रालयको छानबिन समितिलाई सात सदस्यीय बनाइएको छ भने कोशी प्रदेश सरकारले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ।




