सामाजिक सद्भाव कायम गर्न प्रभावकारी कदम चाल्ने सुरक्षा परिषद्को निर्णय

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई कायम राख्न प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने र गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को ४३ औँ बैठकले सुनसरीमा भएको घटनाको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन निर्णय गरेको हो। परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार सबै सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायहरूको समन्वयमा सामाजिक सद्भाव कायम राख्ने निर्णय भएको छ।

बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थिति तथा समसामयिक घटनाहरूको गम्भीर विश्लेषण र समीक्षा गरिएको थियो। साथै विपद् प्रतिकार्यका लागि सम्बन्धित निकायहरूबीच समन्वय गरी समयमै खोज, उद्धार र राहतका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

ताजा समाचार