जनकपुरधाम । जनकपुरधाम क्षेत्रमा स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा साउन १५ गते (आज) दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। प्रशासनले शान्ति-सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लगाउनुपरेको जनाएको छ।
कर्फ्यु लागू हुने क्षेत्र र अन्य विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ।




