पाकिस्तानमा नेपाली आरोही हिमपहिरोमा: उद्धारका लागि कुटनीतिक पहल जारी

प्रकाशित मिति:

काठमाडौं । पाकिस्तानस्थित ब्रड पिकमा गएको हिमपहिरोमा परी ६ जना नेपाली परेको घटनाप्रति ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इस्लामाबादस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारका सम्बन्धित निकाय तथा अल्पाइन क्लब अफ पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएको छ।

प्रभावित सबै आरोहीहरूको शीघ्र र सुरक्षित उद्धारका लागि आवश्यक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ताजा समाचार