काठमाडौं । सुनसरीलगायतका जिल्लामा पछिल्लो समय तनाव बढेपछि धार्मिक सङ्गठनका अगुवाहरूले सामाजिक सद्भाव खलबल्याउने कुनै पनि कार्यमा संलग्न नहुन सम्पूर्ण नागरिकसमक्ष अपिल गरेका छन्।
शुक्रबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटघाटपछि हिन्दु र मुस्लिम धर्मका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेका हुन्।
धार्मिक अगुवाहरूले धर्मका नाममा हुने जुनसुकै हिंसात्मक गतिविधिलाई अस्वीकार गर्दै समाजमा शान्ति, भातृत्व र सद्भाव पुनःस्थापित गर्नका लागि सबै पक्षसँग आह्वान गरेका छन्।




