धनगढीमा मोटरसाइकल दुर्घटना: युवतीको मृत्यु, चालक घाइते

प्रकाशित मिति:

धनगढी । धनगढी उपमहानगरपालिका–८ स्थित सेतोपुलमा गएराति ११ बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार धनगढी उपमहानगरपालिका–६ निवासी २८ वर्षीया सम्झना चौधरीको निधन भएको हो।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी चौधरीलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ११:५० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८ निवासी ३६ वर्षीय बिनोद चौधरी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार