शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र सह-प्राध्यापकको नतिजा सार्वजनिक

प्रकाशित मिति:

अत्तरिया । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा प्राध्यापक तथा सह–प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयका प्राध्यापक तथा सह–प्राध्यापक छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा सफल उम्मेदवारहरूको नतिजा प्रकाशन गरेको हो।

सार्वजनिक नतिजाअनुसार विभिन्न विषयमा कुल १७ जना उम्मेदवार छनोट भएका छन्। नतिजा अनुसार फोरेन्सिक मेडिसिनको प्राध्यापकमा डाक्टर केशव श्रेष्ठ, इन्टरनल मेडिसिनको प्राध्यापकमा डाक्टर चिरञ्जीवी पन्त, अफ्थाल्मोलोजीको प्राध्यापकमा डाक्टर विक्रमबहादुर थापा र फार्माकोलोजीको प्राध्यापकमा डाक्टर विजय अर्याल सिफारिस भएका छन्।

यस्तै, सहप्राध्यापक पदतर्फ एनाटोमीमा डाक्टर इजु श्रेष्ठ, फिजियोलोजीमा डाक्टर डिल्लीबहादुर पुन, माइक्रोबायोलोजीमा डाक्टर चन्दनकुमार ठाकुर, बायोकेमेस्ट्रीमा डाक्टर सरोज कुँवर र नर्सिङमा सीग्मा भट्टराईको नाम सिफारिस भएको छ।

यसैगरी, ईएनटीको सहप्राध्यापकमा डाक्टर भुवनराज पाण्डेय, प्रसूति तथा स्त्रीरोगमा रविन्द्र देव भट्ट, जनरल सर्जरीमा डाक्टर विवेक खम्बु, एनेस्थेसियोलोजीमा रोविन खापुङ, डेन्टल सर्जरीमा नशिव पाण्डेय, बालरोग (पिडियाट्रिक्स) मा विकास भण्डारी, रेडियोलोजीमा अशोकराज पन्त र अर्थोपेडिक्सको सहप्राध्यापकमा शिवराज पनेरु छनोट भएका छन्।

विश्वविद्यालयका अनुसार अन्तिम नतिजामा नाम समावेश भएका उम्मेदवारहरूले २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। तोकिएको समयभित्र केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी औपचारिकता पूरा गर्न विश्वविद्यालयले आग्रह गरेको छ।

ताजा समाचार