कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–८ स्थित लिक्मा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। आइतबार साथीहरूसँग खोलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी खोलामा डुबेका हुन्। पौडी खेल्ने क्रममा बालक डुबेपछि साथीहरू र स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले बालकलाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि स्थानीय केबी सौगात पोलिक्लिनिक पुर्याएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




