दुर्गा प्रसाईँको पक्राउप्रति डा. धवलशम्सेरको आपत्ति: तत्काल रिहाइको माग

प्रकाशित मिति:

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेकोमा राप्रपा नेता डा. धवलशम्सेर राणाले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै राणाले राज्यले प्रतिशोध साध्न र अभिव्यक्ति स्वतन्त्रता खोस्न प्रसाईँलाई पक्राउ गरेको आरोप लगाए। शान्तिपूर्ण रूपमा विचार राख्न पाउने अधिकारको सम्मान गर्दै प्रसाईँलाई तत्काल रिहा गर्न उनले सरकारसँग माग गरेका छन्।

प्रहरीले प्रसाईँलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। सरकारले विरोधका स्वर दबाउन धरपकडको शैली अपनाएको भन्दै राणाले यस्ता कदमले समस्या समाधान नहुने चेतावनी दिएका छन्।

ताजा समाचार