प्रधानमन्त्री र गृहमन्त्रीबिच भेटवार्ता: तराई-मधेशको अवस्थाबारे ब्रिफिङ

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटका क्रममा देशको समग्र शान्ति सुरक्षा र तराई–मधेशको पछिल्लो वस्तुस्थितिबारे गृहमन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले तराई–मधेश क्षेत्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन र नागरिकको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन्। भेटमा गृह प्रशासन सुधार र समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ।

ताजा समाचार