टीकापुरमा बोलेरो र ट्रक ठोक्किँदा सहचालकको मृत्यु, चालक घाइते

प्रकाशित मिति:

कैलाली । कैलालीको टीकापुरस्थित हुलाकी राजमार्गमा बोलेरो र ग्यास सिलिन्डर बोकेको ट्रक एकआपसमा ठोक्किँदा बोलेरोका सहचालकको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।

टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जतर्फबाट आउँदै गरेको लु.प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक जुध्दा सो दुर्घटना भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बोलेरो चालकको हाल उपचार भइरहेको छ। दुर्घटनाको मुख्य कारण, मृतक सहचालकको परिचय तथा घटनाको अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार