काठमाडौैं । सरकारले सुनसरी र सिरहा जिल्लामा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न बैठकले सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई राहत दिनुका साथै घाइतेहरूको निःशुल्क उपचार र क्षतिपूर्तिको प्रबन्ध मिलाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिए।
प्रवक्ता पोखरेलका अनुसार उपलब्ध गराइने राहत तथा क्षतिपूर्तिको निश्चित रकम भने बैठकले पछि तोक्ने गरी हाललाई राहत दिने सिद्धान्त मात्र स्वीकृत गरेको छ।
उक्त प्रदर्शनका क्रममा सुनसरीमा ३ जना र सिरहामा १ जना गरी कुल ४ जनाको ज्यान गएको छ।




