कञ्चनपुरको बागेश्वरी माविका ३२ छात्रामा अनौठो मनोसामाजिक समस्या, पठनपाठन प्रभावित

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा एक्कासि स्वास्थ्य समस्या देखा परेपछि पठनपाठन अवरुद्ध भएको छ। विगत ३–४ दिनदेखि कक्षा ५ देखि ९ सम्मका ३२ जना छात्राहरूमा एक्कासि ढल्ने, चिच्याउने र बेहोस हुनेजस्ता असामान्य लक्षणहरू देखिएका हुन्।

नगर शिक्षा शाखाका अनुसार छात्राहरूमा देखिएको यो लक्षण ‘मास कन्भर्सन डिसअर्डर’ नामक मनोसामाजिक समस्या हो। उक्त समस्याको समाधानका लागि काठमाडौँस्थित कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग परामर्श गरी प्रभावित विद्यार्थीहरूलाई घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

विद्यार्थीहरूमा यो अनौठो स्वास्थ्य समस्या फैलिँदै गएपछि विद्यालय प्रशासनले परिस्थिति नियन्त्रणका लागि बिहीबार र शुक्रबार दुई दिनका लागि कक्षा ५ देखि ८ सम्मको पठनपाठन स्थगित गरी बिदा दिने निर्णय गरेको छ।

ताजा समाचार