एलपी ग्यासको कालोबजारी र कृत्रिम अभाव रोक्न मन्त्रालय सक्रिय, उजुरीका लागि नम्बर सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी बढेको व्यापक गुनासो प्राप्त भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई उजुरी दर्ता गराउन आग्रह गरेको छ।

देशका विभिन्न भागमा ग्यास आपूर्तिमा समस्या खडा गरिएपछि नागरिकका समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले उद्योगमन्त्रीको सचिवालयले प्रत्यक्ष सम्पर्क नम्बर सार्वजनिक गरेको हो। ग्यास आपूर्तिमा समस्या परेमा वा कालोबजारी भएको पाइएमा उपभोक्ताले मोबाइल नम्बर ९८५१११६७७३ मा सोझै फोन गरेर जानकारी गराउन सक्नेछन्।

यसरी प्राप्त हुने सूचना र गुनासोका आधारमा सम्बन्धित नियामक निकाय तथा सुरक्षा संयन्त्रहरूसँग आवश्यक समन्वय गरी तत्काल कदम चालिने मन्त्रालयले जनाएको छ।

ताजा समाचार