जलस्रोत तथा सिँचाइ विभागका सव-इन्जिनियर मन्त्रालयमा धर्नामा, ऊर्जामन्त्री श्रेष्ठले बोलाए वार्तामा

प्रकाशित मिति:

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागमा फाजिलमा पारिएका सव-इन्जिनियरहरू आफ्नो मागसहित आन्दोलनमा उत्रिएका छन्। विभागको नयाँ सङ्गठन तथा व्यवस्थापन (ओएन्डएम) संरचना लागू हुँदा ६५ प्रतिशत दरबन्दी कटौतीमा परी १६७ जना सब-इन्जिनियरहरू फाजिलमा परेपछि उनीहरू आन्दोलित भएका हुन्।

आन्दोलनरत सव-इन्जिनियरहरूले आफूहरू नायब सुब्बा (ना.सु.) सरहका स्थायी कर्मचारी भए तापनि सरकारले अन्यायपूर्ण ढङ्गले फाजिलमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्।

दरबन्दी पुनरावलोकनको माग गर्दै उनीहरू विगत चार दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा धर्ना दिँदै आएका छन्। यसैबीच, आन्दोलन तीव्र बनेपछि आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले समस्या समाधानका लागि आन्दोलनरत कर्मचारीका केही प्रतिनिधिलाई वार्ता र छलफलका लागि बोलाएका छन्।

ताजा समाचार