कैलालीमा बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति:

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन्।

शनिबार बिहान करिब ११:३० बजे बालकलाई बाल्टिनबाट निकालेर तुरुन्तै उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले दिउँसो करिब १२:३० बजे उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरी निरीक्षक जोशीका अनुसार बालकको शव परीक्षण (पोस्टमार्टम) का लागि दोदोधरा अस्पताल, बौनिया पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

ताजा समाचार