तेस्रो संस्करणको एनपीएल आगामी कात्तिक ९ गतेदेखि हुने

प्रकाशित मिति:

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार राति खेलको मिति सार्वजनिक गरेको हो।

क्यानका अनुसार एनपीएल दसैँ लगत्तै सुरु हुनेछ। दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि सुरु हुने यस प्रतियोगिताका लागि सहभागी आठ वटै फ्रेन्चाइज टोलीले अक्सनमार्फत खेलाडीहरू अनुबन्ध गरिसकेका छन्। टोलीहरूमा वैदेशिक खेलाडी अनुबन्ध गर्ने कार्यसमेत जारी रहेको छ।

यस पटकको एनपीएलमा साविक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्सका साथै काठमाडौँ गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्यानले प्रतियोगिताको मिति तय गरे पनि खेलको पूर्ण तालिका भने सार्वजनिक गर्न बाँकी छ।

ताजा समाचार