वन निर्देशक हेमराज विष्टविरुद्धको भ्रष्टाचार मुद्दा पुनः सुनुवाइ गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

सुदूरपश्चिम । सुदूरपश्चिम वन निर्देशनालयका निर्देशक हेमराज विष्टविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन मुद्दा सर्वोच्च अदालतले पुनः सुनुवाइका लागि अघि बढाएको छ। विशेष अदालतबाट सफाइ पाएका विष्टलाई सर्वोच्चले उपस्थित गराउन आदेश दिएको हो।

न्यायाधीश हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको इजलासले विष्टलाई अदालतमा उपस्थित गराई मुद्दा पेस गर्न आदेश दिएको छ।

सर्वोच्चका अनुसार विष्टको जाँच अवधिमा १७ करोड ३७ लाख १२ हजार ६२९ रुपैयाँ ३५ पैसा आय र २४ करोड २४ लाख ६९ हजार ७०२ रुपैयाँ ९५ पैसा खर्च देखिन्छ। यसरी ६ करोड ८७ लाख ५७ हजार ७३ रुपैयाँ ६० पैसाको आयस्रोत खुलेको छैन। विष्ट र उनकी श्रीमती रुबी जिसी विष्टको नाममा रहेका १९ वटा बैंक खाता र घरजग्गाको कारोबारबारे अनुसन्धान भएको थियो।

अख्तियारले २०७८ पुसमा मुद्दा चलाएकोमा २०८० साउनमा विशेष अदालतले सफाइ दिएको थियो, जसका विरुद्ध सरकार पुनरावेदनमा गएको हो। विष्ट २०५५ सालमा सहायक वन अधिकृतका रूपमा सेवा प्रवेश गरेका थिए।

ताजा समाचार