बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा माथिबाट पहिरो खसेपछि कर्णाली करिडोर सडक अवरुद्ध भएको छ।
पहिरोका कारण सुर्खेतबाट हुम्ला जाँदै गरेको भे १ ख २८३१ नम्बरको यात्रुवाहक बसमा क्षति पुगेको छ। गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गा लागेर अघिल्लो भागमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले बताए।
उनका अनुसार बसमा क्षति भए पनि चालकसहित सातै जना यात्रु सकुशल छन्। प्रहरी चौकी जुड्डीको टोलीले पहिरो हटाएर सडक खुलाउने काम गरिरहेको छ।




