कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, सयौँ बेपत्ता

प्रकाशित मिति:

काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा ७.४ म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। भूकम्पका कारण ठूलो सङ्ख्यामा भौतिक संरचनाहरू भत्किँदा सयौँ मानिस अझै बेपत्ता रहेका छन्।

प्रारम्भिक चरणमा कोलम्बियाली सरकारले १११ जनाको ज्यान गएको र ८७ जना घाइते भएको विवरण सार्वजनिक गरेको थियो। तर, कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार पछिल्लो अद्यावधिक विवरणमा मृतकको सङ्ख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ भने भग्नावशेषमा थप मानिसहरू पुरिएको हुनसक्ने भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

ताजा समाचार