धनुषा जिल्ला अदालत अगाडि महिलाद्वारा आत्मदाहको प्रयास, प्रहरीद्वारा उद्धार

प्रकाशित मिति:

धनुषा । धनुषा जिल्ला अदालतको मुख्य गेट अगाडि प्रहरीकै अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

जनकपुरधाम उपमहानगरपालिका-३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान आफ्नै शरीरमा पेट्रोल खन्याएकी हुन्।

अदालतमा मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरू प्रदर्शनमा उत्रिएका थिए। सोही क्रममा अदालतको मुख्य गेट अगाडि पुगेर साहलाई कारबाही हुनुपर्ने माग राख्दै फूलकुमारीले आत्मदाहको प्रयास गरेकी हुन्।

शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले उनलाई तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ। घटनापछि धनुषा जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

ताजा समाचार