कञ्चनपुरको बेलौरीमा करेन्ट लागेर ५३ वर्षीया महिलाको मृत्यु

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा खेतमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। बेलौरी नगरपालिका–६ भुराकोट निवासी ५३ वर्षीया अनिता पन्तको बुधवार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

नौगाउँस्थित खेतमा घाँस काट्दै गर्दा पोलबाट घरतर्फ लगिएको विद्युत् सप्लाई तार भुईँमा लत्रिएको र सोही तार काटिन पुग्दा पन्तलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी पन्तलाई स्थानीयले उपचारका लागि तत्काल बेलौरीस्थित जगदम्बा अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ताजा समाचार