कंचनपुर । शारदा ब्यारेजबाट महाकाली नदीमा हाम फालेका दार्चुलाका सुनिल खत्रीको अवस्था अझै अज्ञात रहेको छ। भारतमा ज्यालादारी मजदुरी गर्दै आएका खत्री बिहीबार राति महेन्द्रनगरस्थित आफ्नी दिदीको डेरामा आएका थिए।
शुक्रबार बिहान डेराबाट निस्किएर भारततर्फ जाने क्रममा उनले शारदा ब्यारेज पुगेर दिदीलाई भिडियो कल तथा फेसबुक लाइभ गर्दै महाकाली नदीमा हाम फालेका हुन्। प्रहरी जवान रहेकी श्रीमतीसँगको पारिवारिक विवादका कारण उनले यस्तो अप्रत्याशित कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार महाकाली नदीमा खत्रीको खोजी कार्य निरन्तर जारी छ।




