महेन्द्रनगर। कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिवार घरको छतमाथिको रेलिङ मर्मत गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१०, झलारीका ३६ वर्षीय विक्रम चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार छतमा रहेको रेलिङ झिक्ने क्रममा सडक छेउबाट तानिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चौधरीलाई उपचारका लागि धनगढी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन्।





