काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्न अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मङ्गलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले यही असोज ८ गते राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुहुनेछ। उहाँ असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।




