बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर चार दशमलव दुई म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति:
spot_img

बैतडी । बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर आइतबार दिउँसो चार दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ६ मिनेटमा भूकम्पको धक्का रेकर्ड गरिएको हो। केन्द्रका भूकम्पविज्ञ राजेश शर्माले ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए।

भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको थियो। दिउँसोको समयमा एक्कासि जमिन हल्लिएपछि स्थानीय बासिन्दा त्रसित भएर घरबाहिर निस्किएका थिए। भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।

spot_img

ताजा समाचार