काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एकैदिन छापावाल सुनको मूल्य प्रतितोला ११ हजार सात सय रुपियाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा दुई सय ३० रुपियाँले ओरालो लागेको छ।
मूल्यमा भारी गिरावट आएसँगै आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ। यसअघि दसैँअगाडि गत कात्तिक २ गते छापावाल सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रुपियाँ पुगेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला दुई सय ३० रुपियाँले घटेर तीन हजार नौ सय ५५ रुपियाँ कायम भएको छ। कात्तिक २ गते चाँदी प्रतितोला चार हजार एक सय पचासी रुपियाँमा कारोबार भएको थियो। दसैँ पर्वका कारण स्थानीय बजारमा करिब एक सातासम्म सुनचाँदीको नयाँ मूल्य निर्धारण गरिएको थिएन।






