कृष्णपुरमा नगरस्तरीय यु–१८ छात्र फुटबल प्रतियोगिता आजदेखि : विजेतालाई ३० हजार पुरस्कार

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम कृष्णपुर नगरस्तरीय यु–१८ छात्र फुटबल प्रतियोगिता आज सोमबारदेखि सुरु हुने भएको छ। कृष्णपुर नगरपालिकासँगको सहकार्यमा कृष्णपुर नगरस्तरीय बाल सञ्जालले प्रतियोगिता आयोजना गर्न लागेको हो।

यही कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। बाल सञ्जालले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुका साथै खेलबारे विस्तृत जानकारी दिएको थियो।

‘नसाको मैदान छोडौँ, फुटबलको मैदान रोजौँ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै द्वितीय हुने टोलीलाई नगद २० हजार रुपियाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने तृतीय हुने टोलीले नगद १० हजार रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्ने आयोजक बाल सञ्जालले जनाएको छ।

spot_img

ताजा समाचार