बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारामा आगलागी हुँदा करिब छ लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय चन्द्रबहादुर नेपालीको ढुङ्गा, माटोले बनेको र पत्थरले छाएको दुईतले दुई कोठे घरमा बिहीबार अचानक आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठपातलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।







