छठपर्व आजदेखि विधिवत् रूपमा सुरु

प्रकाशित मिति:
spot_img

काठमाडौं । आस्था, निष्ठा र शुद्धताको महान् पर्व छठ कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको सुरुवातसँगै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्र तथा देशभरका तराई–मधेसका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।

पर्वको पहिलो दिन आज व्रतालुहरूले स्नान गरी चोखो खानेकुरा खाएर ‘नहाय–खाय’ विधि पूरा गर्दै छन्। भोलि पञ्चमीका दिन दिनभर उपवास बसी बेलुकी सख्खर र चामलको खीर पकाएर छठीमातालाई चढाई ‘खरना’ विधि गरिनेछ। पर्वको मुख्य दिन अर्थात् षष्ठीका दिन अस्ताउँदो सूर्यलाई र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठपर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।

छठको स्वागतमा घरघरमा सूर्यदेव र छठीमाताको महिमा गाइने भक्तिगीत गुन्जिन थालेका छन् भने नदीकिनार, पोखरी र जलाशयहरूमा छठघाट निर्माण, सरसफाइ तथा झिलिमिली सजावटको काम तीव्र पारिएको छ। बाजारमा पूजासामग्री किन्नेको घुइँचो लागेको छ भने घरघरमा ठकुवा र भुसुवाजस्ता प्रसाद बनाउने चटारो सुरु भएको छ।

spot_img

ताजा समाचार