रास्वपा सभापति लामिछानेद्वारा मधेसका धार्मिकस्थलमा पूजार्चना

प्रकाशित मिति:
spot_img

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस प्रदेशका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आइतबार बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।

आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए। सभापति लामिछाने आज अपराह्न जनकपुरधामस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रममा समेत सहभागी हुने उनले बताए।

spot_img

ताजा समाचार