भीमदत्त नगरपालिकाद्धारा १ अर्व ५९ करोडको बजेट प्रस्तुत

महेन्द्रनगर १० असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक अर्व ५९ करोड ३७ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नवौँ नगर सभाका उप प्रमुख सुशिला चन्द सिंहले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
विनियोजन विधेयक अध्ययनका लागि नगर सभा सदस्यलाई २४ घण्टाको समय उपलब्ध गराईएको छ ।


बिहिबार नगर सभामार्फत नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम ल्याएको प्रस्तुत गरेको छ । नगरपालिकाको नवौं नगर सभा मार्फत नगर उप–प्रमुख सुशीला चन्द सिंहले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले चालुगत तर्फ १ अर्ब ११ करोड ९७ लाख, पुँजीगत तर्फ ४१ करोड १९ लाख १७ हजार बजेट प्रस्ताव गरेको छ
त्यस्तै वित्तिय व्यवस्था तर्फ १ करोड र अन्य तर्फ ५ करोड २१ लाख ५९ हजार १५ गरी जम्मा १ अर्ब ५९ करोड ३७ लाख ९६ हजार १५ रुपैयाँको बजेट प्रस्तुत गरिएको नगर उपप्रमुख सिंहले बताइन् । चालू शिर्षकबाट खर्च हुने बजेट कार्यालय सञ्चालन, कर्मचारीको तलब भत्तामा खर्च हुने गर्दछ भने पुँजीगत शिर्षकको बजेटबाट विकास निर्माणमा खर्च गर्ने
गरिन्छ ।

यसरी प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट १४ करोड ५३ लाख ९३ हजार १५, संघीय वित्तीय समानीकरण अनुदानबाट २६ करोड २२ लाख, संघीय राजस्व बाँडफाँडबाट १४ करोड ३३ लाख ८१ हजार, संघीय सशर्त अनुदानबाट ४५ करोड ४३ लाख, संघीय समपुरक अनुदानबाट १ करोड,२५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट ६७ करोड ८५ हजार, प्रदेश समानिकरण अनुदानबाट १ करोड ९८ लाख ३१ हजार र प्रदेश समपुरक अनुदानबाट ८३ लाख ३६ हजार व्यहोरिने बजेटमा उल्लेख छ ।
यस्तै क्षेत्रिय शहरी विकास आयोजनाबाट ३ करोड ७५ लाख ५० हजार, सडक बोर्ड नेपालबाट ६० लाख,जनसहभागिताबाट २ करोड, अन्तरसरकारी अख्तियारीबाट ४३ करोड, विभाज्य कोषमा प्राप्त हुने रकमबाट ४ करोड, व्यहोरिने छ ।
भीमदत्त नगरपालिका नगर प्रवक्ता हिमाल चन्दले आगामी आर्थिक बर्षको बजेटमा कोरोना रोकथामलाई मध्यनजर गर्दै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, कृषि, पर्यटन, सार्वजानिक निर्माण र पर्यावरण लगायतका विषयलाई प्राथामिकतामा राखिएको बताए ।


यस्ता छन् भीमदत्तका प्रमुख नीति तथा कार्यक्रम

-“मेरो नगर म बनाउँछु” नाराका साथ विद्यार्थी, युवा, नगरमा रहेका सम्पूर्ण सामाजिक संरचना, नागरिक समाज संस्था लगायतका सरोकारवाला निकायलाई परिचालन गरि स्वच्छ सफा र हरियाली शहर निर्माण गरिने
– स्थानीय स्तरमा शैक्षिक गुणस्तर र पहुच सुनिश्चित गर्न नमूना विद्यालय मापदण्ड तयार गरि “एक वडा एक नमूना विद्यालय”को नीति अवलम्बन
– “म स्वस्थ मेरो नगर स्वस्थ” अभियान संचालन गर्ने नीति अवलम्बन
– भीमदत्त नगरपालिकालेकोरोना भाईरस परीक्षणका लागि पिसिआर मसिन खरिद गरी महाकाली प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिसकेकाले थप प्रभावकारीरुपमा सञ्चालन एवं भीमदत्त नगरवासीहरुलाई कोभिड–१९ को निःशुल्क परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताललाई आवश्यक सहयोग गरिने ।
– निरोगी भीमदत्त अभियानलाई प्रभावकारी बनाउन नगरबासिन्दाले सेवा लिदै आईरहेका महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नती तथा सेवा विस्तारमा अहम भुमिका निर्वाह गर्दै आईरहेको र आगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिइने ।
– “सुरक्षित नारी समृद्ध नारी” उद्देश्य सहित नगरका किशोरीहरुका लागि जीवनोपयोगी शिक्षा र आत्म सुरक्षा तालिम दिनुका साथै विद्यालय बिमुख किशोरीहरुका लागि आयमूलक कार्यक्रम संचालन गरिने
– “एक वडा एक पर्यटन गन्तव्य” कार्यक्रम सञ्चालन गरिने ।
– स्थानीय उत्पादनलाई बजारीकरणका लागि “भरोसा कृषि प्रवर्द्धन कार्यक्रम” संचालनमा ल्याईने ।
– “मेरो माटो मेरो श्रम मेरो स्वाभिमान” भन्ने नाराका साथ कृषि तथा पशुपन्छीपालन क्षेत्रमा आत्मनिर्भरता, रोजगारी सिर्जना र खाद्य सुरक्षाकालागि “एक वडा एक उत्पादन” लगायत कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण र गरिवी निवारणमा सहयोग पुर्या”उनसमूह तथा किसान तहसम्म प्राविधिक सेवा प्रवाह, उत्पादकत्व र उत्पादन वृद्धि, व्यवसायिक योजना निर्माण, कृषि क्षेत्रको तथ्याङ्क र सूचना संकलन विश्लेषण लगायतका कार्य गर्न कृषि तथा पशुपन्छीक्षेत्रका स्वयंसेवक प्राविधिकलाई गाउँटोलमा परिचालन गरिनेछ साथै आवश्यकता अनुसार निजी, सहकारी तथा संघ–संस्थासँग साझेदारी मार्फत परिचालन गरिने ।
– “समृद्धिको लागि सहकारी अभियान”लाई सफल पार्न सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रुपमा विकास गरिने ।
– सहकारीलाई विषयगत रुपमा सबल बनाउन रोजगारी र उत्पादन वृद्धिका लागि “एक सहकारी एक वस्तु उत्पादन” नीति लिइने ।
– नगरवासीहरुलाई स्वरोजगार बनाउनका लागि “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” लाई निरन्तरता दिइने ।
– सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, कबुलियती वन, धार्मिक वन, निजी वनलाई आयआर्जन, रोजगारसँग जोड्न “एक वन एक उद्यम” कार्यक्रम ।
– विद्यार्थीलाई वातावरण संरक्षण र सिर्जनात्मक कार्यमा संलग्न गराउन“एक विद्यालय एक बगैंचा” कार्यक्रमको नीतिगत व्यवस्था ।
– फोहोरमैला व्यवस्थापनलाई आयआर्जन सँग जोडी फोहोरमैलामा आधारित उद्यम तथा व्यवसायलाई प्रोत्साहन गर्न “फोहोर बाट मोहर” कार्यक्रम संचालन गरिने ।
– “मेरो शहर म आफै सफा गर्छु” अभियान सञ्चालन गरी शहरलाई सफा र वातावरण मैत्री शहर बनाउने
– “उज्यालो भीमदत्त” कार्यक्रम ।
– सुशासन प्रवर्द्धनका लागि “हाम्रो नगर हाम्रो पहिचान” रेडियो कार्यक्रम तथा “हाम्रो भीमदत्त नगर टेलिभिजन” कार्यक्रमलाई निरन्तरता दिइने ।
– नगरको स्रोत अभिवृद्धिका लागि कर, राजश्व, शुल्क आदि व्यवस्थित र नियमन गर्न “हाम्रो नगर हाम्रै कर, समृद्ध बनाउने हाम्रै रहर” अभियानलाई निरन्तरता दिइने ।
– नेपाल पत्रकार महासंघ कञ्चनपुर तथा नगरपालिकाभित्र सञ्चालित सञ्चार माध्यम (एफ.एम. रेडियो, पत्रपत्रिका, टेलिभिजन आदि)सँग आबद्ध जनशक्तिको क्षमता अभिवृद्धिका लागि आवश्यक सहकार्य गरिने ।

ताजा समाचार