स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा कञ्चनपुरमा भीमदत्त अगाडी

महेन्द्रनगर २१ असार ।
स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कन सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७६\७७ मा स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले सार्वजनिक गरेको नतिजा अनुसार कञ्चनपुरमा भीमदत्त नगरपालिकाले सबै भन्दा बढी अंक प्राप्त गरेरको छ ।


स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा भीमदत्त नगरपालिकाले ६९.७५ प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै शुक्लाफाँटा नगरपालिकाले ६५ प्रतिशत र पुनर्वास र बेलौरी नगरपालिकाले समान ५८\५८ प्रतिशत अंक पाएको छ ।


जिल्लामा वेदकोट नगरपालिकाले सबै भन्दा कम ५० प्रतिशत अंक प्राप्त गरेको छ भने बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, दोधराचाँदनी नगरपालिका र कृष्णपुर नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा सहभागीता जनाएका छैन् ।


स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले नगरपालिकाको प्रशासकिय प्रवन्ध, न्यायिक सेवा सम्पादन, वार्षीक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एंवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, भौतीक पुर्वाधार लगायत आधारहरुमा स्थानीय तहको मुल्याङ्क गर्ने गर्दछ ।


स्व–मूल्यांकनको अंक गणनामा ८० भन्दा बढि नजिता प्राप्त गर्ने स्थानीय उत्कृष्ट, ६०–७९ सम्मको नजिता प्राप्त गर्ने स्थानीय राम्रो, ३०–५९ सम्म नजिता प्राप्त गर्ने स्थानीय कमजोर र ३० भन्दा कम प्रतिशत नजिता प्राप्त गर्ने स्थानीय अति कमजोर मानिन्छ ।

ताजा समाचार