सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रधानमन्त्री देउवाबीच भेट

प्रकाशित मिति:
spot_img

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। सो क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम र नियन्त्रण, खोपको उपलब्धताबारे जानकारी गराएका थिए।
सुदूरपश्चिम प्रदेशको समग्र विकासको बारेमा पनि छलफल भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव सिंह ओलीले बताए।

spot_img

ताजा समाचार