चाडपर्वमा कञ्चनपुर प्रशासनको कडा निर्देशन : पटाका, जुवातास र कालोबजारी पूर्ण निषेध

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्ति सुरक्षा कायम राख्न विशेष निर्देशन जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार सार्वजनिक सवारीमा क्षमताभन्दा बढी यात्रु बोक्न, तोकिएभन्दा बढी भाडा लिन र मादक पदार्थ सेवन गरी गाडी चलाउन कडा रोक लगाइएको छ। यस्तै खाद्यान्न, इन्धन र ग्यासमा कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि कडा कानुनी कारबाही हुने उनले बताएका छन्।

प्रशासनले पटाका, आतिसबाजी, जुवातास, चिट्ठा र सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्न पूर्ण निषेध गरेको छ भने अनलाइन सपिङका नाममा हुने ठगीबाट सचेत रहन आग्रह गरेको छ। कुनै पनि शङ्कास्पद वा गैरकानुनी गतिविधि देखिएमा तत्काल प्रहरीको १०० वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न प्रशासनले जिल्लाबासीलाई अनुरोध गरेको छ।

spot_img

ताजा समाचार