भीमदत्तमा सरसफाई अभियान सुरु, नागरिक सचेतनामा जोड

महेन्द्रनगर १६ साउन ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले ‘फोहरमैलालाई श्रोतमा नै न्युनिकरण गरौ’’ भन्ने मूल नाराका साथ सरसफाई अभियान सुरु गरेको हो ।


शनिबारबाट नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा सरसफाई गरि अभियान थालेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा ‘मेरो नगर म आफै सफा गर्छ’ भन्ने नीति लिएको छ । सोही अन्र्तगत नगरपालिकाले सरसफाई अभियानलाई अघि बढाईएको हो ।


फोहरमैला व्यवस्थापन सम्बन्धि जनचेतना जगाउने र फोहरमैला व्यवस्थापनलाई प्रभावकारी तवरले व्यवस्थापन गर्न सहयोग पुग्ने उदेश्यका साथ युएनडिपीको आर्थिक सहयोगमा भीमदत्त नगरपालिकाले निड्स नेपालसँगको साझेदारीमा हरित पुनःस्थापना प्रवर्द्धन परियोजना सञ्चालन गरेको छ ।


नगरपालिकाले वन, वातावरण तथा सरसफाई शाखाले परियोजनासँगको सहकार्यमा अभियान सुरु गरिएको हो । वन, वातावरण तथा सरसफाई शाखा प्रमुख गणेश ठगुन्नाले नगरपालिकाले नियमित सरसफाई अभियानलाई अगाडी बढाउने बताउनु भयो । उहाँका अनुसार सरसफाईसँगै नागरिकलाई आफै सचेत गराउन अभियान सञ्चालन गरिएको हो । सरसफाईसँगै नागरिक सचेतना जोड दिईने उहाँको भनाई छ ।


सरसफाई अभियानलाई हरेक शनिबार नियमित रुपमा सञ्चालन गरिनेछ । नगरपालिकाले दैनिक रुपमा सफासफाई कर्मीमार्फत फोहोर संकलन गरि व्यवस्थापन गदैँ आएको छ । नगरपालिका कार्यालय परिसरबाट सुरु भएको सरसफाई अभियान बजार क्षेत्रका गल्लिहरु हुदै भिमदत्त स्मृती पार्कमा पुगेर समापन गरिएको थियो ।


सरसफाई अभियानमा भीमदत्त नगरपालिका जनप्रतिनिधि, कर्मचारी, सरसफाई कर्मीहरु, निड्स नेपाल, हरित पुनःस्थापना प्रवर्द्धन परियोजनाका कर्मचारी, स्थानीय, वडा प्रहरीका कार्यालय महेन्द्रनगरका प्रमुख अमर माझीसहितको टोली सरसफाई अभियानमा सहभागी भएको रहेको थियो ।


पुरै नगरकालाई स्वच्छ र सफा बनाउन परियोजनले काम अघि बढाई सकेको परियोजनाका संयोजक केशबराज पन्तले बताउनु भयो । उहाँले सरसफाईसँग त्यसको दिर्घकालिन समाधानका लागि नगरवासिलाई फोहोरबारे सचेतना जगाईने बताउनु भयो ।


अभियान आगामी दिनहरुमा स्थानीय सक्रिय सहभागिता र टोल विकाश संस्थाको आगुवईमा साप्ताहिक रुपमा नियमित अभियान सञ्चालन गर्ने योजना उहाँको भनाई छ ।

ताजा समाचार