भारतीय दूतावास अगाडि प्रदर्शन, दार्चुला घटनाका दोषीलाई कारवाहीको माग

नगढीः दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ। सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो।


संगठनले महाकाली नदीमा बेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ। केही दिनअघि धामी भारत जाने क्रममा चढेको तुइन भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर बेपत्ता भएका खबर बाहिर आएको थियो।

ताजा समाचार