कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु, डिजिपीएस जडान

महेन्द्रनगर १८ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा नापीको कार्य सुरु भएको छ । नगरपालिको वडा नम्बर ४ मालुवेलाबाट जग्गा नापी सुरु गरिएको हो । जग्गा नापीका लागि नगरपालिकाले सोमबार नगर प्रमुख कर्ण बहादुर हमाले डिजिपीएस जडान गरेको हुन् ।


नगर प्रमुख हमालले लामो समयदेखि रहेको भुमीहिन, सुकुम्बासीको समस्या सामाधनका लागि काम अघि बढेको बताए । उनका अनुसार जग्गा नापजाँपपछि पुर्जा वितरणका काम अघि बढाईने छ । भूमि आयोग र कृष्णपुर नगरपालिकाबीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे गत वर्षको कात्तिक २७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १५ हजार ३०४ जनाको लगत लिइएको छ। जसमध्ये भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जनाको लगत संकलन गरिएको छ ।

ताजा समाचार