भारतमा रहेका नेपालीद्धारा ‘कौशिल्ला बोगटी बचाउ अभियान’ सञ्चालन

महेन्द्रनगर । अछामको चौरपाटी गाउँपालिका–७ मार्कुकी कौशिल्ला बोगटीको उपचारका लागि भारतमा बस्दै आएका नेपालीहरुले ‘कौशिल्ला बोगटी बचाउ अभियान’ चलाएका छन् ।

भारतको सुरतमा रहेका नेपालीहरुले स्थापना गरेको श्री दुर्गादेवी सोसाइटीले आयोजना गरेको उक्त अभियानबाट हाल सम्म २० हजार भारतिय रुपैया संकलन भइसकेको छ ।

आर्थिक अवस्था कमजोर भएकी बोगटीको उपचारका लागि उक्त अभियान सञ्चालन गरिएको श्री दुर्गादेवी सोसाइटीले जनाएको छ । उक्त सोसाइटी निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार