राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

कामाडौं: राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन्। रिट दर्ता प्रकियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनले भने ‘दर्ता गर्ने प्रक्रियामा छौं, ३ बजेभित्र दर्ता भइसक्छ।’

अधिवक्ता अर्जुनकुमार अर्याल,सकुन्तला भुषाल,अनुप अर्याल, प्रवेश केसी,श्रीकान्त बराल,निवेश लम्साललगायतले अध्यादेश गैरसंवैधानिक भन्दै खारेजीको माग गर्नै रिट पेश गरेका हुन्।

मंगलबार सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको हो। अध्यादेश पछि देशकै ठूलो पार्टी नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ।

ताजा समाचार