अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय गर्ने ७ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट रहेका छन् ।

त्यस्तै ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका-७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ताजा समाचार