कञ्चनपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ९६ पुगेको छ । जिल्लामा विहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्थित महाकाली प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालदय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिकाका पाँच, दोधारा–चाँदनी नगरपालिकाका तीन र शुक्लाफाँटा नगरपालिकाका एक जना गरि नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १ सय ९१ ज्नाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

No description available.

ताजा समाचार