महेन्द्रनगर आइरहेको बस दुर्घटना, ३ जनाको मृत्यु,२४ घाइते

कञ्चनपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व० नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक मंगलबार बिहान नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा ठोक्किदाँ ३ जनाको मृत्यु २४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
महाकाली यातायातको बस र ट्रक आपसमा ठोक्किँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का ४० वर्षीय रंगी तिरुव, ३५ वर्षीय कृष्ण राना र बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदीको मृत्यु भएको पनि मृत्यु भएको यातायात समितिका अध्यक्ष डम्मर राज पन्तले बताए । उनकाअनुसार दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ताजा समाचार