मुख्यमन्त्री भट्टद्धारा महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवन निर्माणको शिलान्यास

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवाको भवन निर्माण हुने भएको छ । सोमबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भवन निर्माणको शिलान्यास गरेका हुन् ।

विरामीलाई सुपथ र गुणस्तरिय औषधी सेवा दिने उद्देश्यले सञ्चालित साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पताल नजिकै भवन निर्माण गर्ने भएको हो ।

हाल महाकाली प्रादेशिक अस्पतालको प्रवेश द्धारमा रहेको एउटा कोठाबाट सेवा दिइरहेको साझा स्वास्थ्य सेवाको सेवालाई थप प्रभावकारी बनाउन आफ्नै भवन निर्माण गर्न लागेको सामाजिक विकास मन्त्रलाय अन्तर्गत सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीले बताए ।

‘अहिले साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले महाकाली प्रादेशिक अस्पतालको प्रवेशद्धारमा रहेको एउटा कोठाबाट सेवा दिइरहेको छ ।’ जोशीले भने ‘सेवालाई थप प्रभावकारी बनाउन संस्थाले आफ्नै भवन निर्माण गर्न लागेको हो ।’ उनले अगाडी थपे ‘संस्थाले २४ औँ घण्टा सुपथ मुल्यमा गुणस्तरिय औषधी विरामीलाई दिदैँ आएको छ ।’ उनकाअनुसार सो संस्थामा ६० प्रतिशत नेपाल सरकारको स्वामित्व रहेको छ । ‘यो नेपाल सरकारको अधिकांश स्वामित्व रहेको संस्था हो । यो संस्थामा सरकारको ६० प्रतिशत स्वामित्व छ ।’ जोशीले भने ।

उनकाअनुसार तत्काल सामाजि विकास मन्त्रालयको ४५ लाख आर्थिक सहयोगमा निर्माण गरिन लागिएको भवनको नागार्जुन कन्ट्रक्सन प्राली संग ३८ लाखमा ठेक्का सम्झौता भएको छ ।

उनले भने ‘सामाजिक विकास मन्त्रालयको ४५ लाख आर्थिक सहयोग निर्माण गरिन लागिएको उक्त स्वास्थ्य सेवा भवनको ठेक्का सम्झौता २०७९ जेठ मसान्त सम्म निर्माण कार्य गरिसक्नु पर्ने गरि ३८ लाखमा नागार्जुन कन्ट्रक्सन संग भएको छ ।’ शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले शुभकामना दिदैँ साझा स्वास्थ्य सेवाको भवन छिट्टै निर्माण सम्पन्न भई कञ्चनपुरका जनताले छिट्टै सेवा पाउने बताए ।

‘यो भवन छिट्टै निर्माण सम्पन्न भएर यहाँका जनताले छिटो भन्दा छिटो यहाँबाट सेवा पाउने छन् ।’ मुख्यमन्त्री भट्टले भने । यस्तै कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख शुशिला चन्द सिंहले साझा स्वास्थ्य सेवा सहरकारी स्ांस्थाकोे सेवा यहाँका जनताले ढिलै भएपनि पाउने भएपछि खुशी लागेको बताइन ।

‘यो सेवा यहाँ पहिले नै हुनु पर्ने थियो । उप–प्रमुख सिंहले भनिन् ‘ढिलै भएपनि यहाँका जनताले सेवा पाउने भए ।’ शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्वराज्यमन्त्री प्रकाश रावल,प्रदेश सभा सदस्य महेशदत्त जोशी विभिन्न सरकारी गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार