नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय युवा सचिवमा खड्काको उम्मेद्धवारी

महेन्द्रनगर । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय युवा सचिव पदमा राजन खड्काले उम्मेद्धवारी घोषणा गरेका छन् ।

हाल सडक डिभिजन काठमाण्डौँमा कार्यरत खड्का लामो समय देखी कर्मचारी युनियनमा सक्रिय रहँदै कर्मचारीको हक,अधिकारका लागि आवाज उठाउँदै आएका छन् ।

अग्रज र सहकर्मी साथीहरुको सल्लाह,सुझावलाई आत्मसाथ गर्दै नेपाल निजामती कर्मचारी युनियनलाई थप सक्रिय र सशत्त बनाउन केन्द्रिय युवा सचिव पदमा उम्मेद्धवारी दिएको खड्काले बताए ।

उनले भने ‘कर्मचारी युनियनलाई थप सक्रिय र सशत्त बनाउन र पेशागत हकहित संरक्षण तथा सबै कर्मचारी साथीहरुको संरक्षणका लागि मैले केन्द्रिय युवा सचिव पदमा उम्मेद्धवारी घोषणा गरेको छु ।’

यहि फागुन २१ गते देखी २३ गते सम्म कमलादी,काठमाण्डौँमा नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशन हुदै छ ।

खड्काले सामाजिक सञ्जाल फेशबुक मार्फत केन्द्रिय युवा सचिव पदमा उम्मेद्धवारी दिएको जानकारी दिएपछि उनलाई अहिले सम्पूर्णले अग्रिम बधाई तथा शुभकामना दिइरहेका छन् ।

ताजा समाचार