सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा शाही

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवाश शाही चयन भएका छन ।

आईतवार प्रथम प्रदेश अधिवेशनबाट नयाँ समिती चयन भएको सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले जनाएको छ ।

प्रथम अधिवेशनबाट उपाध्यक्षमा केशव भट्ट, सरोज चौधरी, उत्तम प्रसाद भट्ट, निराजन खड्का, प्रतिमा शाह चयन भएका छन ।

यस्तै महासचिवमा पदम बिक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुवर र सचीवमा श्रीराम चौधरी चयन भएका छन ।

अधिवेशनबाट कार्यसमिति सदस्यमा जेपी चन्द ,रमेश कुमाल,कमल पनेरु,यज्ञराज ओझा,धनन्जय जैशी,लोग बहादुर बुढा,नरेन्द्र जैशी,धनन्जय रिमाल,कमल कार्की र गजेन्द्र डगौरा चयन भएको तेक्वान्दो संघले जनाएको छ ।

ताजा समाचार