भुत लागेको भन्दै तातो फलामे छडको कुटाईबाट महिलाको मृत्यु


महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षिया रञ्चुला साउँद प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँकै सार्वजनिक वाटो फिलिङ गर्ने काम गर्थिन । उनि एकल महिला हुन् ।

दिनहु झै चैत २७ गतेपनि उनि विहान खाना खाएर काममा गइन् । साझ घर फर्किदा उनको अलि पेट दुखेको थियो । पेट दुखेपछि उनि छिमेकी कमला भण्डारी साउँदको घरमा धामीझाक्री आएको थाहा पाउछिन् र धामीलाई हेराउन भनेर त्यहाँ जान्छिन् । ‘मम्मीको(आमा) २७ गते कामबाट घर फर्कदा अलि पेट दुखेको थियो ।’ रञ्चुलाकी छोरी सरिता साउँदले भनिन् ‘पेट दुखेपछि मम्मी छिमेकी आन्टी (कमला भण्डारी साउँद) को घरमा धामीझाक्री आएका छन् भन्ने थाहा पाएपछि धामीलाई भेट्न त्यहा जानु भयो ।’

उनले अगाडी थपिन् ‘धामीले मलाई तेरो आमालार्ई थारुको भुत लागेको छ । मन्त्र पढ्नु पर्छ भनेर मम्मीलाई त्यही आन्टीको घरमै राख्यो ।’ उनकाअनुसार मम्मीलाई भित्र एउटा कोठामा लगेर भुत भगाउने भन्दै आगोमा तताएका फलामका छडले हान्थ्ये । ‘मम्मीलाई भुत लागेको भन्दै भुत भगाउन धामीहरु तातो फलामको छडले कुट्थ्ये ।’ उनले भनिन् ‘त्यस (मम्मीलाई राखेको) कोठामा हामी कसैलाईपनि जान दिदैनन् थिए ।’ कोठामा अरु के के गरिन्थ्यो रञ्चुलाका छोरीहरु र गाउँ कसैलाई केही थाहा थिएन ।

‘मैले मम्मीलाई राखेको कोठमा किन हामीहरुलाई जान नदिएको ? म गाउँका मान्छेलाई भन्छु भनेपछि धामीले काम्दै तेरो आमाले गाउँमा मेरो चुक्ली गरेर यो विराम मैले नै गराएको हु अझ तुइले पनि कसैलाई मेरा बारेमा चुक्ली गरि भने तेरोपनि यहि हालत गर्दिछु भन्यो ।’ सरिताले भनिन् ‘त्यही डरले मैले छिमेकिलाई केही भनिन ।’ उनकाअनुसार मम्मीको २÷३ दिन अगाडीनै मृत्यु भइसकेको रहेछ तर हामीलाई हिजो (बैशाख २ गते) मात्रै थाहा भयो ।

‘मम्मीको मृत्यु भएको हामीलाई हिजो थाहा भयो । मम्मीको शव हेर्दा शरिर भरी निल,डाम,मुखबाट रगत आइरहेको र शव गनाइरहेको थियो ।’ सरिताले भनिन् ‘धामीहरुले मम्मीको शव त्यही कोठामा लुकाएर राखेका रहेछन् ।’ उनकाअनुसार मम्मीको मृत्यु भइसकेपछिपनि धामीहरु काम्दै तेरो आमा ज्यूदै छ, म मरेको मान्छेलाई पनि ज्यूदो बनाउने धामी हु,तेरा घरको मुल मान्छेलाई बोला भन्यो ।’ उनले भनिन् ‘धामीले त्यसो भनेपछि मैले बैतडीमा बस्ने मेरा अंकल (काका) लाई फोन गरेर बोलाए ।’

त्यस्तो कुरा सुनेपछि सरिताका अंकल पदम साउँदपनि तुरुन्तै बैशाख २ गते बेलुका बैतडीबाट मुसेपानी पुगे । ‘छोरीले फोन गरेपछि म पहाडबाट यहाँ आए ।’ पदमले भने ‘यहाँ धामीहरुले काम्दै मलाई तेरो घरको लागु लागेर तेरा भाउजू विरामी भएका हुन् । म (धामी) मरेका मान्छेलाई ज्यूदै बनाउने धामी हु, चिन्ता नगर भोली (बैशाख ३ गते) विहान ४ बजे सम्म ठिक बनाउछु भन्यो ।’ उनले अगाडी थपे ‘मैलेपनि धामीको विश्वास गरे तर भाउजूको ३ दिन अगाडीनै मृत्यु भइसकेको रहेछ । शव गनाइरहेको थियो र आज (बैशाख ३ गते) विहान हामीले स्थानिय जनप्रतिनिधि,प्रहरीलाई खबर ग¥यौँ ।’

उनकाअनुसार घटना भएको घरमा ५/६ वटा फलामका छड समेत फेला परेका छन् । उनले भने ‘घटना भएको घरमा आगोमा तताउन राखिएका ५/६ वटा फलामका छडपनि भेटिएका छन् ।’ घटनाबारे प्रहरीले जानकारी पाएपछि अहिले ७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक चक्र बहादुर शाहाले बताए ।

पक्राउ पर्नेमा धामीझाक्री भीमदत्त नगरपािलका–१ बाह्कुण्डा बस्ने ७२ वर्षिय नारायणदत्त भट्ट,भीनपा ७ हल्दुखाल बस्ने धर्मानन्द भट्ट,बेदकोट नगरपालिका–६ मुसेपानी बस्ने कमला भण्डारी साउँद(रञ्चुलाको छिमेकी) लगाएत ७ जना रहेका छन् । ‘अहिले धामीहरु र स्थानिय सहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।’ डिएसपी शाहले भने ।

उनकाअनुसार शव पुरानो,गनाइरहेको अवस्थामा फेला परेको थियो । ‘शव पुरानो गनाइरहेको अवस्थामा फेला परेको थियो ।’ उनले भने ‘पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप थाहा हुनेछ ।’ हाल शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानुन बमोजिम कारर्वाही र पिडितलाई न्याय दिनुपर्ने स्थानिय तथा महिला अधिकारकर्मीहरुले माग गरेका छन् ।

Advertisementspot_img

ताजा समाचार