बालिकामाथि यौन दुर्व्यवहारको घटनाः भीमदत्त नगरपालिकाद्धारा पिडित परिवारलाई ५ लाख आर्थिक सहयोग

महेन्द्रनगर । यौन दुर्व्यवहारमा परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी ११ वर्षिया गीता भण्डारी (नाम परिवर्तन)का परिवारलाई भीमदत्त नगरपालिकाले ५ लाख आर्थिक सहयोग गरेको छ ।

विहिबार पिडित बालिकाका परिवारलाई ५ लाख आर्थिक सहयोग र पिडित बालिकाको उच्च शिक्षासम्मको अध्ययनका लागि समेत नगरपालिकाले जिम्मेवारी वहन गर्ने निर्णय गरिएको नगरप्रमुख पदम बोगटीले बताए ।

मंगलबार बालिकामाथि यौन दुर्व्यवहार गर्ने भीमदत्त नगरपालिका–२ का ३४ वर्षीय दिनेश मालीले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार उनले छिमेककी ११ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको स्थानीले देखेका पछि आत्महत्या गरेका हुन् । स्थानीयले देखेपछि माली भागेको र घरभित्र झुन्डिएको अवस्थामा फेलापरेका थिए ।

ताजा समाचार