भीमदत्तका नगरप्रमुख बोगटीद्धारा नगर विकास समिति अध्यक्षको पदभार ग्रहण

महेन्द्रनगर । कञ्चपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले महेन्द्रनगर नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

बुधबार मेयर बोगटीले नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

नगर विकास ऐनअनुसार नगरप्रमुख नगर विकास समितिको अध्यक्ष हुने प्रावधान रहेको छ भने समितिको सदस्य सचीव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।

ताजा समाचार