होटेलका कर्मचारीको अवस्था बुझन उपमेयर लेखकको नेतृत्वमा अनुगमन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख निलम लेखक जोशीको नेतृत्वमा होटेलमा कार्यरत कर्मचरीको अवस्थाबारे अनुगमन गरिएको छ ।

महेन्द्रनगर स्थित सञ्चालित होेटेल र क्यासिनोमा कार्यरत कर्मचारीको अवस्था बुझन उपमेयरकोे नेतृत्वमा,भीनपा–४ का वडाध्यक्ष शुशिल कुमार भट्ट, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि,जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि,पत्रकार सहितको टोलीले अनुगमन गरेको भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत सुवास अधिकारीले बताए ।

उनकाअनुसार महेन्द्रनगर बसपार्कस्थित शारदा गेष्ट हाउस,रोयल गेष्ट हाउस लगाएत र भीनपा–५ बनगाउँ स्थित डायमण्ड होटेलमा सञ्चालित ह्याप्पी क्लब (क्यासिनो)मा अनुगमन गरिएको हो ।

‘महेन्द्रनगरमा सञ्चालित होटेलमा कार्यरत कर्मचारीहरुको अवस्था बुझन् अनुगमन गरिएको हो ।’ उनले भने ‘अनुगमन गरिएका होटेलका कर्मचारीहरुको अवस्था सन्तोषजनक नै रहेको पाइयो ।’

ताजा समाचार